• आश्विन ९ २०८१, बुधबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

आश्विन ७ २०८१, सोमबार

७ असोज, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।  यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।