• आश्विन ४ २०८१, शुक्रबार

रवि लामिछानेले मात्रै लिएका थिए तलब वापत एक करोड ४ लाख

आश्विन ४ २०८१, शुक्रबार

असोज ४, काठमाडौं । सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा बढीको दरले लिएको देखिएको छ । लामिछानेले आर्थिक वर्ष ०७८–०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए ।  उनीपछि धेरै तलब लिनेमा विपीन आचार्य देखिएका छन् । उनले मासिक झण्डै तीन लाख लिने गरेको देखिएको छ । उनले आर्थिक वर्ष ०७८–७९मा ३४ लाख ३८ हजार ३८० रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ लाख ९३ हजार बुझेका छन् ।

ग्यालेक्सी फोरके टेलिभिजनले तलबवापत मात्र १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ । जसमध्ये अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कर्मचारीकै नामबाट आर्थिक वर्ष ०७८–७० मा ३० लाख बुझेका छन् ।