• आश्विन ४ २०८१, शुक्रबार

ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड जम्मा गरेको हौँ : रोशनी गुरुङ

आश्विन ४ २०८१, शुक्रबार

४ असोज, काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।

शुक्रवार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ ।

उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।