• मंसिर ११ २०८१, मंगलवार

स्तनपान गराउने आमाहरुले ख्याल गर्नैपर्ने ८ कुरा

श्रावण २५ २०८१, शुक्रबार

स्तनपान गराउने आमाहरुले ख्याल गर्नैपर्ने ८ कुरा यस्ता छन् ः

१.स्तनपान गराउने महिलाहरुले कहिले पनि कसिलो ब्रा लगाउनु हुँदैन । किनकी स्तनपानको दौरानमा तपाईंको स्तन अरु बेलाको तुलनामा अत्यधिक संवेदनशील हुन्छ । केही बेर कसिलो ब्रा लगाउँदा पनि स्तनमा धर्साहरु देखिन सक्छन् । स्तनपान गराउने आमाहरुका लागि नर्सरी ब्रा पाइन्छ । यसका अगाडिको बटन खोलेर आफ्नो शिशुलाई स्तनपान गराउन सकिन्छ ।

२. कतिपय महिलाहरु आफ्नो शिशुलाई जहाँ पनि र जति बेला पनि दुख खुवाइदिन्छन् । जबकि दुध खुवाउनुभन्दा अगाडि निप्पललाई राम्रोसँग मन तातो पानी, कटन वा टिस्यूले सफा गर्नुपर्ने हुन्छ । हातहरु जस्तै निप्पल र स्तन पनि फोहोर हुन्छन् । जसरी तपाईं खाना खानुभन्दा अगाडि हात धुनुहुन्छ, त्यसैगरी शिशुलाई दुध खुवाउनुभन्दा अगाडि निप्पल सफा गर्नुपर्छ ।

३.स्तनपान गराउँदा अक्सर महिलाहरुलाई स्तनमा गाँठागुठी निस्किने समस्या हुन्छ । यसको समाधानका लागि दैनिक स्तनको मसाज गर्नुपर्छ । यसबाट स्तनमा रक्तसञ्चार तीव्र हुन्छ जसले गर्दा दुधको गाँठो बन्न पाउँदैनन ।

४.लामो समय स्तनपान गराउँदा महिलाहरुलाई निप्पलमा दुखाई सुरु हुन्छ । यसबाट बच्नका लागि निप्पलमा घ्यू दल्ने गर्नुस । यसले निप्पललाई सुख्खा हुन दिँदैन र चिसोपना बनाइराख्छ । यसो गर्दा बच्चाले लामो समयसम्म दुध चुस्दा पनि कुनै दुखाई महसुस हुँदैन । साथै स्तनपान गराइसकेपछि बच्चाको थूकलाई निप्पलमा लागिरहन दिनुस । यले कुनै प्रकारको हानी गर्दैन । यदि स्तनमा रौं उम्रेका छन् भने स्तनपान गर्नुभन्दा अगाडि यसलाई हटाउनु राम्रो हुन्छ ।

५.स्तनपान गराउने महिलाहरुले नुहाँउदा कहिले पनि स्तनमा साबुन दल्नु हुँदैन । किनकि साबनुमा हुने केमिकलले तपाईंको निप्पललाई कठोर र सुख्खा बनाउन सक्छ । केवल तातोपानीले स्तनलाई सफा गर्नु राम्रो हुन्छ ।

६.कहिलेकाहीँ स्तनपानका दौरान स्तनमा गाँठा निस्किन्छ । दुध स्तनको कुनै भागमा जम्मा हुँदा यस्तो हुन्छ । पछि गएर यसले ठूलो रुप लिन पनि सक्छ । त्यसैले डाक्टरलाई जँचाउनु राम्रो हुन्छ ।

७. स्तनपान गराउँदा एक पटकमा पाँच सय क्यालोरी खपत हुन्छ । यसको अर्थ हो स्तनपान गराउँदा आमाहरु सजिलसँग क्यालोरी कम गर्न सक्छन् ।

८. स्तनपान गराउने महिलाहरुले स्वस्थ खानेकुरामा बढिभन्दा बढि सेवन गर्नुपर्छ । किनकी आमाले खाएको खानेकुरा दूध बनेर बच्चासम्म पुग्छ ।