• फाल्गुन २४ २०८२, आईतवार

देशभरिकै विद्यालयमा आजदेखि एसइईको पूरक परीक्षा सुरू

श्रावण २३ २०८१, बुधबार

काठमाडौं । उपत्यकासहित देशभरिकै विभिन्न विद्यालयका परीक्षा केन्द्रमा एसइईको पूरक परीक्षा सुरू भएको हो । गत असारमा एसइईको नतिजा आउँदा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै दुईभन्दा बढी विषयमा नन ग्रेड आए पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् । उक्त निर्णयअघिसम्म दुई विषयमा नन ग्रेड आए मात्रै पूरक परीक्षा दिन पाइन्थ्यो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७–८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी थिए ।

यस्तै २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८ण् ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी थिए । ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्याथीृको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ ।