• जेष्ठ २ २०८३, शनिबार

दलितहरुमाथि कुटपिट गर्ने कथित ठूलो जातको हुँ भन्नेहरुलाई कडा कारवाहीको माग

श्रावण २२ २०८१, मंगलवार

काठमाडौं, साउन २२ । नेकपा बहुमत निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालले साउन १० गते कास्कीको माछापुच्छ्रेमा दलितहरुमाथि गरिएको आपराधिक व्यवहारको कडाशब्दमा भ्रत्सर्ना गरेको छ । सो संगठनका अध्यक्ष दर्शन नेपालीले एक विज्ञप्तिमार्फत् दलित समुदायका मानिसहरुमाथि कथित ठूला जातका भनिएका व्यक्तिहरुले गरेको अत्याचारको कडा विरोध गरेका हुन् ।

अध्यक्ष नेपालीले बाराही आधारभूत मा.विको खेलमैदानमा भलिबल खेलिरहेको बेला विशाल परियार र अमृत गौतमसँगको सामान्य भनाभनमा अरुण गुरुङले ‘तँ दमाईलाई मारिदिन्छु’ भन्दै तथानाम गालीगलौज गरेको र सोही दिन राति १०ः३० बजेको समयमा अरुण गुरुङ, आशिष गुरुङ, अमृत गौतम, अनिल विक, राजेश गुरुङ, विनोद गुरुङ लगायतका ८/१० जनाको समूहले चिरपट, रड र कोदाली लगायतका हतियार सहित विशालको घरमा पुगि झ्याल ढोका तोड्फोड गरि तँ दमाईलाई मार्छु भन्दै विशाल परियार र आमा सुमित्रा दमाई माथि ज्यान लिने उद्वेश्यले निर्घात कुटपिट गरिएको र जिल्ला प्रहरी प्रशासन कास्कीले देखाएको निच हर्कतको घोर निन्दा एवं भत्र्सना गर्दछौं भनेका छन् । साथै अध्यक्ष नेपालीले सो घटनामा दोषी रहेकाहरुलाई कडा कारवाहीको माग पनि गरेका छन् ।

अध्यक्ष नेपालीले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :
२०८१/०४/१० गते कास्की जिल्लाको माछापुच्छ्रे गा.पा वडा नं ९ ल्वाङमा ज्यान लिने उद्वेश्यले भएको सांघातिक हमलाको विषयमा हाम्रो मोर्चा एकीकृत दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । गाउँकै बाराही आधारभूत मा.विको खेल मैदानमा भलिबल खेलिरहेको बेला विशाल परियार र अमृत गौतम भन्ने व्यक्तिसँगको सामान्य भनाभनमा अरुण गुरुङ भन्ने व्यक्तिले तँ दमाईलाई मारिदिन्छु भन्दै तथानाम गाली गलौज गरेको र सोही दिन राति १०ः३० बजेको समयमा अरुण गुरुङ, आशिष गुरुङ, अमृत गौतम, अनिल विक, राजेश गुरुङ, विनोद गुरुङ लगायतका ८/१० जनाको समुहमा चिरपट, रड, कोदाली लगायतका हतियार सहित विशालको घरमा पुगि झ्यालढोका तोड्फोड गरी तँ दमाईलाई मार्छु भन्दै विशाल परियार र आमा सुमित्रा दमाई माथि ज्यान लिने उद्वेश्यले निर्घात कुटपिट गरिएको र यस विषयमा जिल्ला प्रहरी प्रशासन कास्कीले देखाएको निच हर्कतको घोर निन्दा एवं भत्र्सना गर्दछौं । कथित जात व्यवस्थाको आवरणमा उत्पीडित दलित समुदाय माथि निरन्तर विभिन्न बहनामा भइरहेका नरसंहार, हत्या, ज्यान लिने उद्वेश्य गरिएका सांघातिक आक्रमण जातीय विभेदका विभिन्न घटनाहरुमा अपराधीहरुलाई जोगाउन कथित संसदीय राजनीतिक पार्टी र राज्यको उच्च ओहदामा रहेका दलालहरुको प्रभावमा घटनालाई विषयान्तर गर्ने नाङ्गो चरित्र देखिरहेकै हो । यो घटनामा समेत केही राजनीतिक पार्टी र पार्टीका दलाल नेता, केही बाहलवा प्रहरी, त केहि पूर्वप्रहरी जिम्मेवार व्यक्तिहरुले समेत घटनालाई प्रभावित बनाउन खोजिरहेको देखिन्छ । यस्तो गैरन्यायिक, विखण्डनकारी, कथित जातिको नाममा गरिएको गुण्डागर्दी आवरणमा गरिएको अपराधीलाई जोगाउने दुस्साहस नदेखाउन सम्बन्धित पक्षलाई हाम्रो मोर्चा चेतावनी दिन चाहन्छ । राज्यसत्तासँग गम्भीर घाइते सुमित्रा दमाई र विशाल परिवारको यथासिघ्र सम्पूणर् स्वास्थ्य उपचार गरी क्षतिपूर्ति उपलब्ध गराइ घटनामा संगलग्न दोषीहरूलाई हदैसम्मको कार्वाही माग गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित
दर्शन कुमार नेपाली
संयोजक
दलित मुक्ति मोर्चा नेपाल