प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोकथाम गर्न सरकार दृढ रहेको बताएका छन् ।
मंगलबार राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऎन २०५९ संशोधनबारे छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले नगर्ने बताए ।
उनले भने,आग्रह पूर्वाग्रह राख्ने काम गर्दैन । गल्ती र्गयो भने, भ्रष्टाचार र्गयो भने उम्किँन पाउँदैन । कानुनको नजरमा सबै बराबर भन्ने मान्यता स्थापना गर्छौं ।