नियमित रुपमा डिट्क्स पानी पिउदा धेरै स्वास्थ्य सम्बधी फाइदा पुग्ने विज्ञहरुको ठहर छ र प्रमाणित पनि भएका छन।
ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन्। शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो। तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न पनि यो खालको पानीले धेरै मद्दत पुर्याउँछ। खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउँछ। शरीरमा ताजगी जगाउनुको साथै हसिलो फुर्तिलो बनाउँछ। इनर्जी लेबल बढाइ शरीरको रुप रङग नै परिवर्तन गर्न मद्दतपुर्याउँछ। अनुहारको चमकमा परिवर्तन ल्याउँछ।