• जेष्ठ २ २०८३, शनिबार

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

श्रावण २२ २०८१, मंगलवार

काठमाडौँ । मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो । जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ ।

मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।