काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ ।
बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।