काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । सोमबार बिहान बसेको नाउपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । उनका अनुसार नाउपाबाट लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बन्ने छन् ।
लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने संसदीय दलका नेता चौधरीले बताए । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री शाहको छ ।