काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज (सोमबार) विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनको पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभामा बुझाइसकेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् । ४० सदस्यीय प्रदेशसभामा सत्ता गठवन्धनका पक्षमा सभामुखसहित २४ जना सांसद छन् ।
विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तिमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक सांसद छन् ।