• जेष्ठ २ २०८३, शनिबार

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

श्रावण २० २०८१, आईतवार

कमलामाई (सिन्धुली), २० साउन । सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्र्षीय नवीन धामी दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीन, सोही ठाउँका ५) वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उहाँले जानकारी दिनुभयो । मृतक नविनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।