• मंसिर ११ २०८१, मंगलवार

हैजाका लक्षणहरू:

श्रावण २० २०८१, आईतवार

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ।

हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ।

लक्षणहरू:
बान्ता हुनु
पेट दुख्नु वा बिरामी भएको महसुस हुनु
पखाला लाग्नु, दिसा सेतो हुनु
पानीको कमी (प्यास, कमजोरी, थकान, आँखा गाडिनु आदि)
खुट्टा दुख्नु

के गर्ने:
साबुनपानीले नियमित रूपमा हात धुनुहोस्।
सफा पानी मात्रै पिउनुहोस्, अनि सम्भव भएसम्म उमालेको पानी पिउनुहोस्।
फलफूल खाँदा आफैँले त्यसको बोक्रा छोडाउनुहोस्।

के नगर्ने:
नपाकेको फल वा नपकाइएको तरकारी नखानुहोस्।
‘शेल्फिश’ र ‘सीफूड’ नखानुहोस्।
पानी तथा अन्य पेय पदार्थमा बरफ नहाल्नुहोस् ।