• असार १९ २०८३, शुक्रबार

कृषि समितिकी सभापति थापामगरले लिइन् शपथ

श्रावण १६ २०८१, बुधबार

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी नवनिर्वाचित सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । बुधबार सभामुख देवराज घिमिरेले सभापति थापामगरलाई शपथ ग्रहण गराएका हुन् ।

समितिकी यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापामगर निर्विरोध चयन भएकी थिइन् । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।