राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन् । उनले ९ साउनमा राजीनामा दिएका हुन् । मैले एक हप्ताअघि नै राजीनामा दिएको हुँ, वैरागीले शिलापत्रसँग भने ।
पूर्वमुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । त्यतिबेला वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा राजीनामा दिएका थिए ।
वैकुठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्न राजीनामा दिएका वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । दुवैको नियक्ति एकैदिन भएको थियो । अहिले भ्रष्टाचार मुद्दा लागेपछि अर्याल निलम्बित छन् ।
वैरागीको नाम अहिले राजदूतका लागि पनि चर्चामा थियो । तर १८ जना राजदूतमा सिफारिस हुँदा उनको नाम परेन ।