दुई हप्ताभित्र देशमा २० जनामा हैजा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउनमा २० जनामा हैजा पुष्टि भएको भन्दै सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कैलालीमा हैजा पुष्टि भएको हो । खानेपानी दूषित भएकाले हैजा हरेक वर्ष देखिने गरेको भन्दै मन्त्रालयले हैजाको लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।
हैजा भएमा पातालो दीशा हुने, वान्ता हुनेसमेत हुन्छ । हैजाका बिरामीलाई तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।