• जेष्ठ २ २०८३, शनिबार

रातभरको वर्षाले जलमग्न काठमाडौं

श्रावण १६ २०८१, बुधबार

काठमाडौं ।   काठमाडौंमा गएराती देखि आएको वर्षाले काठमाडौं जलमग्न बनेको छ ।

काठमाडौं महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा बाढी पसेको हो। मनोहरा खोला र हनुमन्तेको दोभान क्षेत्रको करिडोर सडक ठप्प भएको छ। बाढीले मनोहरा करिडोर पूरै डुबानमा परेको हो। बाढीले ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न ठाउँमा समेत क्षति गरेको छ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमा सन्देश पठाउँदै गोदावरी खोलाको जलमापन केन्द्र जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ।