आज साउन १५ गते अर्थात खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ ।
खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनी खीर खाने चलन रहेको छ ।
खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खीरमा दुध, चिनि, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खिर बनाइन्छ ।
खीर खानुको फाइदा यस्ता छन्
–खीरमा मिसाइने चामलमा कार्बोहाइड्रेट पाइन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ ।
– दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ,
– भिटामीन ए प्राप्त हुन्छ ।
– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ती हुन्छ,
–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज, भिटामिन पाइन्छ ।