• जेष्ठ २ २०८३, शनिबार

नाम फिर्ताका लागि कृष्णमान प्रधानले दिए निवेदन

श्रावण १४ २०८१, सोमबार

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ ।

‘सम्बन्धित व्यक्तिले नाम फिर्ता लिन निवेदन दर्ता गराउनुभएको छ’ सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले रातोपाटीलाई जानकारी दिइन् । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।