• असार १९ २०८३, शुक्रबार

जहाज दुर्घटनामा पर्नेमा सौर्य एयर म्यानेजमेन्टकै पाँच जना

श्रावण १३ २०८१, आईतवार

काठमाडाैँ। बुधबार बिहान पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्स व्यवस्थापनकै पाँच जना परेको पाइएको छ । एयरलाइन्सको व्यवस्थापन बोर्डमा १० जना छन् । यीमध्ये विमानका क्याप्टेनसहित पाँच जना दुर्घटनामा परेका हुन् ।

क्याप्टेन मनिषरत्न शाक्य सौर्य एयरलाइन्सका अपरेसन प्रमुख हुन् । उनको भने सिनामंगलको केएमसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका यज्ञप्रसाद पौड्याल मर्मतसम्बन्धी काम हेर्ने शाखाका म्यानेजर हुन् ।

यसैगरी, आश्विनीकुमार निरौला सीएएमओ म्यानेजर हुन् भने दिलीप बर्मा क्यूए प्रमुखको जिम्मेवारीमा थिए । दुर्घटनामा परी ज्यान गुमाएका सागर आचार्य सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख (चिफ अफ सेफ्टी) हुन् ।

विमानमा सवार १० जना सबै सौर्य एयरमै कार्यरत ‘स्टाफ’ थिए । सवारमध्ये प्रिजा खतिवडा एक मात्र महिला थिइन् । दुर्घटनामा पर्नेमा एक विदेशी पनि छन् । क्याप्टेन शाक्यबाहेक सबैको शव निकालिएको प्रहरीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थलको रनवे २ बाट उडेको जहाज रनवे २० को पूर्वतिर जोतिएको हो । दुर्घटनालगत्तै जहाजका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । जहाज जलेर नष्ट भएको छ