काठमाडौं। पायल्सलाई सामान्य भाषामा बवासीर पनि भनिन्छ । पायल्स रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ, जसमा मलद्वारको सट्टा मलाशय वरपरका नसाहरूमा सुन्निन थाल्छ।
पाइल्स हुनुका कारणहरूमा मल त्याग गर्दा धेरै बल लगाउनु लामो समयसम्म बस्नु, कब्जियत वा लामो समयसम्म पखाला लाग्नु, मोटोपन र गर्भावस्था पर्छन्। तर कब्जियतको समस्यालाई पायल्स हुनुको सबैभन्दा ठूलो कारण मानिन्छ ।
खानपानमा ध्यान दिएर मानिसले कब्जियतको समस्यालाई नियन्त्रण गर्न र पायल्सको समस्याबाट धेरै हदसम्म टाढा रहन सक्छ । आउनुहोस् जानौं यस्ता ५ खानेकुराका बारेमा जसले पेटमा कब्जियत गराएर पायल्स निम्त्याउँछ ।
पायल्सजस्ता समस्याबाट बच्न सेतो पिठो भएको केक, बिस्कुट, रिफाइन्ड ग्रेनजस्ता सेतो चामल जस्ता खानेकुराको सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ । । सेतो चिनी, कार्बोहाइड्रेट वा फ्याटको उच्च मात्रा भएको खानेकुराले आन्द्रा जलाएर कब्जियत गराउन सक्छ।