• मंसिर १२ २०८१, बुधबार

बागमतीमा प्रभात ‘आउट’, हरिप्रभा ‘इन’, चार मन्त्रीले लिए शपथ

श्रावण १२ २०८१, शनिबार

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । उनले कांग्रेसबाट ४ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मनत्रीहरूले शनिबार शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् पुनःगठनसँगै मन्त्रीहरूको कार्यविभाजन पनि गरेका छन् । शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले हरिप्रभा खड्गी (सामाजिक विकास मन्त्रालय), सुरजचन्द्र लामिछाने (आन्तरिक मामिला), मीनकृष्ण महर्जन (युवा तथा खेलकुद) र विमल ठकुरी (संस्कृति पर्यटन तथा सहकारी)लाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि विनाविभागीय रहेका कुन्दनराज काफ्लेलाई आर्थिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त भएका प्रभात तामाङ भने शपथ नलिई पदमुक्त भएका छन् ।