• जेष्ठ २ २०८३, शनिबार

सौर्य जहाज दुर्घटना र त्रिशूलीमा हराइरहेका बसका यात्रुको सम्झनामा दीप प्रज्वलन

श्रावण १२ २०८१, शनिबार

काठमाडौं । बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र करिब दुई हप्तादेखि त्रिशूलीमा हराइरहेको बसको यात्रुको सम्झनामा द्वीप प्रज्वलन गरिएको छ । नेविसंघ त्रिचन्द्र इकाईले बिहीबार द्वीप प्रज्वलनको आयोजना गरेको हो ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए ।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ । बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । ७ जनाको सनाखत हुन बाँकी छ । यस्तै, बुधबार भएको सौर्य एयरलाइन्सको दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।