• जेष्ठ २ २०८३, शनिबार

चितवनमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु

श्रावण ११ २०८१, शुक्रबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर ठोक्किएका थिए ।

दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।

उनीहरु दुवैको उपचारकाक्रममा मृत्यु भएको हो । भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको डिएसपी रिजालले बताए।