काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ ।
पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेको छ । सो पुलबाट आवतजावत रोकिएको छ ।