• जेष्ठ २ २०८३, शनिबार

दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सकाे जहाजमा १९ जना भएकाे सूचना

श्रावण ९ २०८१, बुधबार

९ साउन, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।