• जेष्ठ २ २०८३, शनिबार

आजदेखि काठमाडौँमा पोलियोविरुद्धको विशेष खोप लगाइँदै

श्रावण ९ २०८१, बुधबार

काठमाडौँ ।   आजदेखि सरकारले काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।

मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।

काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले विशेष खोप अभियान चलाएको हो ।