• मंसिर १२ २०८१, बुधबार

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

श्रावण ९ २०८१, बुधबार

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन ९ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबार अमेरिकी डलर र कतारी रियाल बढ्दा यूरो र बेलायती पाउण्डको विनिमयदर भने घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा र बिक्री दर १७३ रुपैयाँ २५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?