• जेष्ठ २ २०८३, शनिबार

लापसे गरी गाडी चलाई ३ जना घाइते बनाउने श्रेष्ठ पक्राउ

श्रावण ८ २०८१, मंगलवार

काठमाडौं । लागुऔषध सेवन गरी दुर्घटना गराएको भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भुपेन्द्र श्रेष्ठले लागुऔषध प्रयोग गरेर चलाएको बा१९व ५११६ नम्बरको कारले सोही सडकको दाँया ‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जनालाई ठक्कर दिएको थियो । तीनै जना पैदलयात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।

श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौं बस्ने १८ वर्षीय प्रियन्सु कुमार, भारत घर भएका अर्का २५ वर्षीय भोलाकुमार र काठमाडौं बस्ने १९ वर्षीय श्यामबाबु ठाकुर छन् ।