• जेष्ठ २ २०८३, शनिबार

मदन भण्डारीको घरमा ५ लाख बराबरको धनमाल चोरी

श्रावण ८ २०८१, मंगलवार

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–८ मा सोमबार दिउँसो चोरी भएको छ । गैरीगाउँस्थित मदन भण्डारीको घरमा चोरी भएको हो ।

कोठाको ढोका फोडेर विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २५ हजार रुपैयाँ गरी करिब ४ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।