• मंसिर ११ २०८१, मंगलवार

शरिरमा सेतो धर्सा आउनुका कारण के हो?कसरी हटाउने?

श्रावण ८ २०८१, मंगलवार

कारण

शरिरमा देखा पर्ने सेतो धर्सालाई स्ट्रेच मार्क भनिन्छ । स्ट्रेच मार्क  शरीरको जुन भागमा मासु बढी हुन्छ, त्यही भागमा बढी देखा पर्छ । शरीरको भागमा मासु बढ्दा त्यहाँ भएको छालाको माथिल्लो तहमा केही नभएपनि छालाको डर्मिस भन्ने भित्री तहमा लास्टिन, कोलाजेन जस्ता पदार्थ ड्यामेज भएपछि बिस्तारै सेतो दर्सा देखिने डा. भट्ट बताउँछन् ।

सबैभन्दा बढी घुँडा, पाखुरा, थाइ, कम्मर र पेटमा सेतो धर्सा देखिन्छ । यसले जुनसुकै उमेरका व्यक्तिलाई सताउन सक्छ । ‘सन्तान जन्माएपछि महिलाहरुको पेटमा मात्र स्ट्रेच मार्क आउँछ भन्ने धारणा छ । तर जिम गर्ने र अत्यधिक मोटोपन भएका व्यक्तिको पनि छाला तन्किएर आउँछ,’ डा. भट्ट भन्छन् ।

उपचार

छाला तन्किसकेपछि सेतो धर्सा आउने भएकाले प्राकृतिक रूपमा पूर्ण रुपमा निको हुन सक्दैन त्यसको समाधान लेजर विधिबाट गर्न सकिने डा. भट्ट बताउँछन् ।

‘लेजरबाट ड्यामेज भएको छालाको लेयरलाई फालिन्छ । लेजर थेरापीपछि त्यहाँबाट बिस्तारै नरम छाला पलाउँदै आउँछ,’ उनी भन्छन्, ‘थेरापीले  झोल्लिएको छाला पनि बिस्तारै टाइट हुँदै आउँछ । उपचारबाट ८० प्रतिशत निको हुन्छ ।’

लेजर थेरापी कम्तीमा पनि ६ चरणसम्म गर्नुपर्छ । यसको शुल्क पाँच हजार रुपैयाँबाट सुरु हुने र सेता धर्साको अवस्था अनुसार बढ्दै जाने डा. भट्ट बताउँछन् ।

(डा. भट्ट छाला तथा सौन्दर्यरोग विशेषज्ञ हुन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)