• मंसिर १२ २०८१, बुधबार

निर्वाचित हुन नपाइने सन्देश दिन बीपीलाई राजाले जेलमा थुनेको केपी ओलीको भनाई

श्रावण ६ २०८१, आईतवार

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन् ।

बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बिपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । सो अवसरमा प्रधानमन्त्री ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाल तथा साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रा.डा योगेन्द्रप्रसाद यादव र प्रा.डा हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।