• मंसिर १२ २०८१, बुधबार

कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरू सुधार गर्नुपर्छ : गगन थापा

श्रावण ६ २०८१, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार ४२औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँभित्र खोज्नुपर्छ । हामसिँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छु,  थापाले भने ।

कांग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने उनको भनाइ छ । उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ छ ।