तनहुँ । जापानमा फेमिली भिषामा पठाइदिन्छु भन्दै १ जनाबाटै ८० लाख ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको व्यास-१२ कमलबारीकी मनुमाया थापाले भिमाद-५ घर भई हाल पोखराको बगर बस्ने रुपासरा रानालाई फेसबुक मार्फत सम्पर्क गरी जापानमा फेमिली भिषा लगाई पठाईदिन्छु भनी रु.७९ लाख ९७ हजार ९९९ ठगी गरेको प्रहरीले जनाएको छ ।