• जेष्ठ २ २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै,थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

श्रावण ४ २०८१, शुक्रबार

काठमाडौं ।   आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ :१५ बजे सुरु हुनेछ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९-०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।