पिसाबथैली संक्रमण भइसकेपछि पिसाबथैलीबाट संक्रमण फैलिए पिसाबनली हुँदै मिर्गौलासम्म पुग्छ ।
पिसावथैलीको संक्रमणले मिर्गौलासम्म असर गर्दा मिर्गौला सुनिन्छ । मिर्गौला पनि संक्रमण हुन्छ । यसले मिर्गौलालाई ड्यामेज गर्न सक्छ । पिसाब संक्रमण मानिसहरुमा धेरै देखिन्छन् । युरोलोजीको पहिलो नम्बरको रोग भनेको नै पिसाब संक्रमण हो । यो रोग सबै उमेरको व्यक्तिमा देखा पर्छन् ।