• मंसिर ११ २०८१, मंगलवार

मानसिक रोग कस्ता कस्ता हुन्छन्?

श्रावण १ २०८१, मंगलवार

क) सामान्य खालका मानसिक रोग
डिप्रेसनः यो रोगका बिरामीहरु निराश हुने, दिकक हुने, नराम्रो हसने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपयबिरामीले आत्महत्या गरेको पनि पाईएको छ। डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ।

डर लाग्ने समस्याः मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ।

कनभर्सन डिसोसिएटिभ डिसअर्डरः अचानक हात खुट्टानचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एयटा अर्का भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।

बालबालीकामा देखिने मनोवैज्ञानिक समस्याः बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ।

सोमाटोर्फम  डिसअर्डरः यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अंगका लक्षण लिएर बिरामी आउन्ँछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा हल्लिने आदि। मानिसहरु  विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुुस गर्दैनन्। विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिंदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ बिरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।

अब्जेसिभ कम्पल्सिभ डिसअर्डरः यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाइ र दृश्यहरु आइरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई सकेपछि पटक पटक हेर्नुपर्न, हात बारम्बार धोई रहनु पर्ने आदि समस्या रहन्छ।

ख) कडा मानसिक रोग    

मेनियाः यो रोग डिप्रेसनको उल्टो खालको रोग हो। बिरामी म ठूलो मान्छे बन्छु, म प्रसिद्व व्यक्ति हूँ भन्छ र घमण्ड गर्ने हुन्छ। बिरामीले भनेको नमाने पिट्ने गर्छ। राम्रो लुगा लगाउनु पर्ने, मीठो खाना माग्ने तथा पैसा माग्ने र झगडा गर्नै गर्दछ। कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलललर एफेक्टिभ डिसअर्डर भनिन्छ।

सिजोफेर्नियाः यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ। बिरामी अरुसंग शंका गर्ने, सर संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफा सुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।
ग) अन्य
लागु औषध र रक्सीको समस्याः खासगरी स्कूल जाने, हाई स्कूल तथा कलेज जाने विद्यार्थी लागू औषध सेवन गर्नै कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका खोकीको औषधि, गाँजा टिजोजेसिक र हिरोईन जस्ता औषधि लिंदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको  मात्रा बढ्न थाल्छ। पछि उ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया ९म्झभतष्ब० तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ।

छारे रोगः अचानक शरीर कडा हुने, काम्ने, र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिएर धरै बिरामी आउँछन्। कतिपय बच्चामा एकदेखि दुई मिनेट टोलाइ मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधि ४ वर्षसम्म सेवन गर्नुपर्छ।

सुस्त मनस्थितिः यस्ता बिरामीमा वौद्धिक क्षमता  कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्।  उपचार गरे बिरामी राम्रो हुन्छन्, तर उनीहरुलाई सीप सिकाई बुद्वि अनुसारको काम लगाउनु पर्दछ।

डिमेन्सियाः यो बुढेसकालमा लाग्ने रोग हो। यो रोगमा ब्रेनको आकार पनि सानो हुन जान्छ र ६५ वर्षपछि यो रोग देखा परेर बिरामीले विस्तारै विस्तारै दैनिक क्रियाकलापमा सम्झने शक्ति घट्छ। बिरामी रिसाउने, बिर्सने, दिसा, पिसाब कन्ट्रोल गर्न सक्दैन। बिरामी एक्लै बस्ने, सोच्ने शक्ति कम हुने र व्यक्तित्वमा परिर्वतन हुने हुन्छ।