काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो ।
उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए ।भण्डारीले डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि सोही मन्त्रालय सम्हालेका थिए ।