काठमाडौं । एउटा फिल्म खेलेर ५० लाख पारिश्रमिक लिने नायक हुन अनमोल केसी । कलाकारहरूले फिल्ममा काम गरेपछि पाएको रकम कति हो र त्यसबाट राज्यलाई कति कर बुझाउँछन् भन्ने प्रस्ट आउँदैन । तर ५० लाख पारिश्रमिक लिने अनमोलले ७ लाख ५० हजार कर बुझाएका छन् ।
फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले अनमोललाई ५० लाख दिएको त्यसबावपत कर पनि तिरेको उल्लेख गरेका छन् । जेठ १० गतेबाट रिलिजमा आएको फिल्मले औषत कारोबार गरेको थियो ।