• मंसिर १२ २०८१, बुधबार

केपी ओली भोलि आइतबार प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३० २०८१, शनिबार

असार २९ । कांग्रेस र एमालेले राष्ट्रपतिसमक्ष नयाँ सरकार बनाउन दाबी गरेअनुसार आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आइतबार साँझ पाँच बजेसम्मको समय सीमा तोकेर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

त्यसपछि शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर सरकार बनाउने दाबी पेस गरेका थिए ।

राष्ट्रपति पौडेलले आफूले दिएको समय सीमापछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘सम्माननीय राष्ट्रपतिज्युले सरकार गठन गर्न आह्वान गरेको समयसीमा सकिएपछि नै प्रधानमन्त्रीमा नियुक्त र शपथको प्रक्रिया अगाडि बढ्छ ।’

प्रधानमन्त्रीमा नियुक्तिपछि शपथ पनि आइतबार हुने  सम्भावना छ । शीतलनिवास स्राेतले शपथग्रहण पनि आइतबारै हुने दाबी गरेकाे छ । प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।