• मंसिर १२ २०८१, बुधबार

मन्त्रालय बाँडफाँड टुङ्ग्याउन कांग्रेसको बैठक बस्दै

असार ३० २०८१, शनिबार

मन्त्रालय बाँडफाँड टुङ्ग्याउन कांग्रेसको बैठक बस्दै काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बैठक बसेको हो । नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका निम्ति नाम टुंगो लगाउने निणर्य बैठकबाट गरिनेछ ।

यस्तै, पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ । विपद् व्यवस्थापनका बारेमा समेत छलफल गरिनेछ । विपद्का घटना न्यूनीकरणका निम्ति सरकारलाई सुझाव दिइने बताइएको छ । कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा छलफल गरिने बताइएको छ ।