काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । अनलाइनमार्फत ठगी गरेको आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५, पिप्लेकी २२ वर्षीया आस्था थापा पक्राउ परेकी हुन् ।
थापाले तनहुँको व्यास नगरपालिका–१ की सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख रुपैयाँ ठगी गरेकी थिइन् । पक्राउ परेकी थापाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।