काठमाडौं । निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार पुगेका छन् ।
शुक्रबार संसदमा विश्वासको मत पाउन असफल भएपछि पदमुक्त भएका उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेटपछि सिधै खुमलटार गएका हुन् ।
खुमलटारमा उनलाई उनका समर्थकहरूले स्वागत गरेका छन् ।