व्यापारीको घरमा बसेर गरिएको सहमति कसरी राष्ट्रिय सहमति हुन पुग्यो भन्दै गृहमन्त्रीले प्रश्न गरेका छन् । प्रतिनिधिसभा शुक्रबार भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले आफ्नै दलका नेता, सांसद र जनतालाई थाहा नदिएर मध्यरातमा भएको यो कस्तो सहमति हो भन्दै प्रश्न गरे ।
उनले आफ्नो दल सरकारमा गएर के र्गयो भन्नेलाई केही काम गर्न खोज्दैमा दुई ठुला दल रातारात मिल्ने अवस्था आएको उल्लेख गरे । जब की अनुसन्धानको सुई कसैको ढोका सम्म ढकढक्याउन पुग्यो तब कांग्रेस र एमालेलाई रातारात कसरी संविधानको याद आयो भन्दै उनले प्रश्न गरे ।
यदि दुई ठुला दलह? मिलेर देशमा शान्ति र सुशासन हुने हो भने ठिकै हुने बताउँदै पहिले नै मिलेको भए आफ्नो दलको जन्मनै नहुने बताए । उनले रास्वपालाई सरकारमा रहेर बस्नु भन्दा पनी प्रतिपक्षमै बस्न रमाइलो हुने भनेर बताए । गृहमन्त्रीले जनताले प्रतिपक्षमा बस्न मत दिएपनि जनतामा आशा दिनको लागि सरकार समक्ष गएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसँग देशलाई सुशासन दिनको लागी छलफल गरेर चेकलिष्टसहित काम गर्न आएको र ४ महिनामा गरेको काममा स्वंयम आफै असन्तुष्ट रहेको बताएका छन् ।