काठमाडौं । समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरू बालुवाटारम जम्मा भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरू बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाएका छन् । अहिले मोर्चाका संयोजक विप्लव छन् । प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमिल्सिनाले मोर्चाको बैठक नभएर अनौपचारिक छलफल रहेको बताए ।
‘समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरूलाई प्रधानमन्त्रीले बोलाउनुभएको हो । आज औपचारिक बैठक होइन,” उनले भने । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिँदै छन् । विश्वासको मत र मोर्चालाई अघि बढाउने विषयमा छलफल भइरहेको छ ।