• मंसिर ११ २०८१, मंगलवार

सुख्खा आँखाका लक्षण के के हुन्?यसको उपचार

असार २७ २०८१, बुधबार

सुख्खा आँखाका लक्षण

सामान्यतया सुख्खा आँखाको समस्याबाट पीडित व्यक्तिमा निम्न लक्षण देखा पर्न सक्छन्स्

— आँखामा असजिलो महसुस हुनु,

— आँखा पोल्ने तथा दिउँसोपख रातो देखिने,

— आँखा सुख्खा हुने तथा दुख्ने,

— आँखामा चिप्प्रा लाग्ने र च्यापच्याप हुने,

— आँखा चिम्लिरहन मन पर्ने,

— प्याज काट्दा आँसु नबग्ने,

— आँखामा केही बिझाएको जस्तो महसुस हुने, आदि।

उपचार

सुख्खा आँखाको समस्याबाट पीडित बिरामीले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले आँखा धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्ने मानिसले भाइजर लगाउनुपर्छ। साथै, परेली तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्या तथा अन्य रोगको उपचार पनि महत्वपूर्ण हुन्छ।

मुख्यतया सुख्खा आँखाको उपचारका लागि कृतिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। साथै, आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनुपर्छ। घाममा निस्किँदा कालो चस्मा लगाउनुपर्छ। कतिपय अवस्थामा औषधिको साटो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ। यसको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा रहनुपर्छ।