• मंसिर ११ २०८१, मंगलवार

दाँतलाई कसरी सफा राख्ने

असार २६ २०८१, मंगलवार

दिनमा दुई पटक नरम ब्रसको प्रयोगले दाँत माझ्ने गर्नुपर्छ।

दिनमा एक पटक ५ मिनेट जति ब्रस गर्नको लागि समय दिनुपर्दछ। मन्जन पनि सानो केराउको दाना जति प्रयोग गर्ने। किनकी मन्जनमा पनि दाँत खियाउने समस्या हुन्छ। दाँत र गिजा दुबैलाई हुनेगरी मुखको चारैतिर ब्रस गर्नुपर्छ। ओठ गाला तलमाथि सबै ठाउँबाट दाँतको सफा गर्नुपर्छ।

गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ ।त्यसैले मिठाई, चकलेट लगायत गुलियो कुरा कम खाने गर्नुपर्दछ ,खाईहाले पनि मुख कुल्ला गर्न बिर्सनु हुदैन ।

सुर्तीजन्य पदार्थ जस्तै– पानपराग, खैनीबाट टाढा बस्नु पर्दछ।यसले दाँतलाई डिस्कलर गर्छ ।

६ महिनाको फरकमा एक पटक अनिवार्य रूपमा दाँतको जाँच गर्नुपर्छ।