• आश्विन २० २०८१, आईतवार

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

असार २५ २०८१, सोमबार

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्रिपरिषदमा सहभागी पाँचै मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन् ।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् ।

केन्द्रमा नेपाली कांग्रेस र एमालले सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।