• आश्विन २० २०८१, आईतवार

नेविसंघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस कार्यालयमै कुटपिट

असार २४ २०८१, आईतवार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि सानेपामा कुटपिट भएको छ । स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको हो ।

नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । उनीमाथि के कारणले कुटपिट भएको हो भन्ने विस्तृत खुलेको छैन । कुटपिटबाट केन्द्रीय सदस्य नेपालको नाकमा चोट लागेको छ । घाइते भएका नेपाललाई स्टार अस्पतालमा उपचार गरिएको छ ।